अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,पुस १३ गते।
फिलिपिन्समा भारी वर्षा र अचानक आएको बाढीले १३ जनाको मृत्यु भएको छ ।
पीडितमध्ये अधिकांश माझी भएका हुन सक्ने देशको विपद् व्यवस्थापन परिषद्लाई उद्धृत गर्दै अन्रर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । विपद्का कारण ४५ हजारभन्दा बढी मानिसहरूलाई आश्रयका लागि विस्थापित केन्द्रहरूमा बस्न बाध्य भएका छन् ।
बाढीमा परेर २३ जना बेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य भइरहेको छ ।