आरआर क्याम्पसमा खुकुरी प्रहार हुँदा तीन विद्यार्थी घाइते

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,पुस १३ गते।

काठमाडौँस्थित आरआर क्याम्पसमा विद्यार्थीबीच झडप भएको छ ।

क्याम्पसमा खुकुरी प्रहार हुँदा तीन विद्यार्थी घाइते भएका छन्।

क्याम्पस इकाईका अध्यक्ष लोकेश खड्का र अनेरास्ववियु नेता समिप बडाल पक्षधरको बीचमा झडप भएको क्याम्पस ईकाइमा आबद्ध विद्यार्थीहरूले बताएका छन् ।

विवादले उग्र रूप लिएपछि खुकुरी हानाहान भएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *