अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,पुस १३ गते।
बागमती प्रदेशसभाका जेष्ठ सदस्यको शपथ ग्रहण आज हुँदै छ ।
हेटौंडा–१० स्थित प्रदेश प्रमुखको कार्यालय हुटौंडामा दिउँसो २ बजे जेष्ठ सदस्यको शपथको कार्यक्रम रहेको छ ।
प्रदेशको जेष्ठ सदस्यको रुपमा नेकपा माओवादी केन्द्रका सांसद रामप्रसाद ढुङ्गानाले शपथ गर्दैछन् । जन्म मिति अनुसार प्रदेशसभाका ११० सांसदमध्ये उनी ज्येष्ठ सदस्य हुन् । उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ गराउने छन् ।