प्रदेश २ को नाम मधेश प्रदेश, स्थायी राजधानी जनकपुरधाम

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,माघ ३ गते।  

प्रदेश २ को नाम मधेश प्रदेश तोकिएको छ । सोमबार बसेको प्रदेशसभा बैठकबाट २ तिहाई मतले प्रदेश २ लाई मधेस प्रदेश नामकरण गर्ने प्रस्ताव पारित भएको हो ।

विशेष संसदीय समितिको नामाकरणसम्बन्धी पहिलो प्रस्ताव ‘मधेस प्रदेश’ को पक्षमा ८० मत परेको छ । प्रदेशसभामा १०३ जना सदस्यमध्ये उपस्थित ९९ जना प्रदेशसभा सदस्यमध्ये ३४ जनाले विपक्षमा मतदान गरेका थिए । जनता समाजवादी पार्टी (जसपा) र नेकपा माओवादी केन्द्रले संयुक्त रुपमा गरेको ‘मधेस प्रदेश’ प्रस्तावमा प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले समर्थन गरेको थियो ।

योसँगै संसदीय समितिले प्रस्ताव गरेका नाम ‘मिथिला भोजपुरा प्रदेश’, ‘जानकी प्रदेश’ र ‘मध्य मधेस प्रदेश’ प्रस्ताव स्वतः निष्क्रिय भएको सभामुख सरोज कुमार यादवले घोषणा गर्नुभयो ।

सोमबार नै प्रदेशसभाबाट प्रदेश २ को राजधानी जनकपुरधाममा राख्ने प्रस्ताव पारित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *