आज थपिए ६ हजार ७३४ जना कोरोना संक्रमित, ३ जनाको मृत्यु

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, माघ ३ गते।  

आज पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप ६ हजार ७३४ जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ।

देशभर गरिएको १४ हजार १४ पिसिआर परिक्षणका क्रममा ५ हजार ७ सय ४७ जना र ३ हजार ४ सय ५१ एन्टीजेन परिक्षणका क्रममा ९ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अहिलेसम्म निको हुनेको संख्या ८ लाख १६ हजार ९ सय ८५जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ३ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ६ सय २३ संक्रमितको कोरोनाका कारण मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *