अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, माघ १० गते।
मंगलबारदेखि त्रिभुवन विश्वविद्यालयले अनलाइन कक्षा सञ्चालन गर्ने तयारी गरेको छ।
त्यसका लागि सबै क्याम्पस तथा विभागले आजसम्म अनलाइन कक्षाको रूटिन बनाइसक्नुपर्ने त्रिविले जनाएको छ।
क्याम्पसहरुले बनाएका रूटिन डिन कार्यालयमा पठाउनु पर्ने त्रिविले जारी गरेको सूचनामा उल्लेख छ।
त्रिवि रजिष्ट्रार कार्यालयअन्तर्गत सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले आइतबार सूचना जारी गर्दै माघ ११ देखि अनलाइन कक्षा सञ्चालन गर्ने जानकारी दिएका हुन्।