अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, माघ ९ गते।
आज पछिल्लो २४ घण्टामा थप ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार देशभर गरिएको १३ हजार ३ सय ७७ पीसीआर परीक्षणका क्रममा ५ हजार ५९८ जनामा कोरोना पुष्टि भएको छ, भने ४ हजार ६० एन्टिजेन परीक्षणका क्रममा ८ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
हालसम्म नेपालमा ८ लाख २१ हजार ६ सय ९९ संक्रमित निको भएका छन् ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप ४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ६ सय ५५ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।