अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, माघ ९ गते।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उहाँकी राधिका शाक्यलाई कोरोना संक्रमण भएको छ ।
उहाँहरुको एन्टिजेन र पीसीआर दुवै विधिबाट परीक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको बताइएको छ । सुरुमा एन्टिजेन परीक्षण गर्दा कोरोना पोजेटिभ आएपछि हिजो पीसीआर गरिएको थियो । उक्त रिपोर्टमा पनि कोरोना पोजेटिभ आएको थियो ।
अहिले उहाँहरु दुवैजना आइसोलेसनमा बसेको बताइएको छ ।
ओलीलालाई कोरोना संक्रमण भएसँगै एमालेले आज गर्ने भनिएको पत्रकार स्थगित हुने भएको छ ।