अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, माघ ९ गते।
काठमाडौँ उपत्यकामा सञ्चालनमा रहेका सबै सङ्ग्रहालय बन्द गर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौँले निर्णय गरेको छ ।
हनुमानढोका दरबार सङ्ग्रहालय, नारायणहिटी, पाटन, ललितपुरको सङ्ग्रहालय अर्को सूचना नआउन्जेलका लागि शनिबारबाट बन्द गरिएका छन् ।
हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिका कार्यकारी निर्देशक सन्दिप खनालका अनुसार प्रशासन कार्यालयको निर्णयबमोजिम शनिबारबाट सङ्ग्रहालय बन्द गरिएका छन् ।