जिल्ला प्रशासन कार्यालय बाँकेद्धारा अत्यावश्यकबाहेकका सबै सेवा बन्द

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, माघ १० गते। 

अत्यावश्यकबाहेकका सबै सेवा जिल्ला प्रशासन कार्यालय बाँकेले बन्द गरेको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना जारी गर्दै भोलि मंगलबारदेखि कार्यालय बन्द रहने जनाएको हो ।

प्रमूख जिल्ला अधिकारी खत्रीका अनुसार कार्यालयका कर्मचारीहरुलाई कोभिड संक्रमण पुष्टि भएपछि शान्ति सुरक्षा र मुद्दालगायतका अत्यावश्यक बाहेक नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, संघसंस्था दर्तारनवीकरण हातहतियार नवीकरण लगायतका सेवाहरु हाललाई स्थगित गरिएको छ ।

अर्को सूचना जारी नभएसम्म अत्यावश्यकबाहेकका सेवाहरु बन्द गरिएको सूचनामा जनाइएको छ। साथै अत्यावश्यक सेवाका लागि पनि सेवाग्राहीले अनिवार्य खोप कार्ड ल्याउनुपर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *