अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, माघ २४ गते।
काठमाडौँ महानगरपालिकामा आजदेखि कोरोनाविरुद्धको फाइजर खोपको दोस्रो डोज लगाइँदै छ ।
जिल्ला खोप समन्वय समिति काठमाडौँको गत २० माघको निर्णयअनुसार महानगरपालिकाले फाइजरको दोस्रो मात्रा खोप लगाउने गरी ३२वटा वडैमा व्यवस्था मिलाएको छ । 
शनिबारबाहेक अरू सबै दिन बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म खोप कार्यक्रम सञ्चालन हुनेछ ।
१२ देखि १७ वर्ष उमेर समूहका पहिलो खोप लगाई तीन हप्ता पूरा भएका विद्यार्थीले दोस्रो डोज खोप लगाउनका लागि पूर्ववत् खोप केन्द्र तोकिएका विद्यालयहरूमा जानुपर्ने महानगरले जनाएको छ ।