फागुन १ गतेबाट विद्यालयहरु सञ्चालनमा आउने

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, माघ २४ गते।

कोरोना महामारीको तेस्रो लहर घट्दै गएको भन्दै फागुन १ गतेबाट लागु हुने गरी शैक्षिक संस्थाहरु सञ्चालन गर्न प्रशासनले आदेश जारी गरेको छ । तर विद्यालय सञ्चालन गर्दा प्रशासनले शर्त राखेको छ।

१२ वर्ष पूरा भएका विद्यार्थीको हकमा नियमित कक्षा सञ्चालन गर्न सकिने भएपनि १२ वर्ष पूरा नभएको विद्यार्थीको हकमा विद्यार्थी संख्या समेत विचार गरी सम्बन्धित स्थानीय तहसँग समन्वय गर्न भनिएको छ।

विद्यालय व्यवस्थापनले आलोपालो वा सिफ्टमा कक्षा सञ्चालनको व्यवस्था मिलाउन प्रशासनको आदेश छ।

यस्तै सबै प्रकारका परीक्षाहरु जेड आकारमा सिट राखेर सञ्चालन गर्न सकिने आदेशमा उल्लेख छ।

यस्तै डान्सबार लगायतका रात्रिकालीन व्यवसाय, स्वीमिङ, जिमखाना, सिनेमा लगायत पनि फागुन १ गतेबाट खोल्न प्रशासनले अनुमति दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *