अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,फाल्गुन २ गते।
आज पछिल्लो २४ घण्टामा थप ७४७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ९३ हजार ५४१ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३७ हजार ६७७ जना पुगेको छ ।
संक्रमितमध्ये हालसम्म ९ लाख ४० हजार ९०२ जना निको भएका छन् ।
पछिल्लो २४ घण्टामा ८ जनाको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११ हजार ९०० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।