अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,फाल्गुन ८ गते।
एमसीसी सम्झौताको विरोधमा उत्रिएका प्रदर्शनकारीहरुमाथि प्रहरीले रबरको गोली चलाएको छ ।
आज नयाँबानेश्वरको बिजुली बजार क्षेत्रमा आन्दोलनले उग्र रुप लिएपछि प्रहरीले बाध्य भई रबरको गोली प्रहार गरेको हो ।
संसद् भवनभित्र सरकारले एमसीसी पेश गर्दै गर्दा बाहिर सडकमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । झडप भएपछि एमसीसीविरुद्ध प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले अश्रुग्यास र पानीको फोहोरा फ्याँकेको थियो ।
अहिले बिजुली बजार क्षेत्र तनावग्रस्त छ । प्रदर्शनकारीतर्फ भएको घाइतेको विवरण अहिलेसम्म प्राप्त भएको छैन् ।