अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,फाल्गुन ९ गते।
आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायर ए अन्तर्गत नेपालले आज समूह चरणको अन्तिम खेल क्यानडासँग खेल्दैछ ।
खेल आज नेपाली सयम अनुसार अपराह्न ३:४५ बजे सुरु हुनेछ ।
नेपालले यसअघि ओमानलाई ३९ रन र फिलिपिन्सलाई १३६ रनले हराएको थियो । नेपाल दुई खेलमा चार अङ्क जोड्दै शीर्षस्थानमा रहेको छ ।
यदि नेपाल क्यानडासँग पराजित भएमा र ओमानले फिलिपिन्सलाई हराएमा तीन टोलीको समान अंक हुनेछ र त्यसमा नेट रनरेट निर्णायक बन्नेछ ।