अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,फाल्गुन ९ गते।
आज पछिल्लो २४ घण्टामा थप ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १४ हजार ५४४ पुगेको छ ।
नेपालमा हालसम्म ९ लाख ५२ हजार ५९९ जना संक्रमित निको भएका छन् ।
पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको छ । यससँगै मृतकको कूल संख्या ११ हजार ९२५ पुगेको मन्त्रालयले जनाएको छ।