अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,फाल्गुन ९ गते।
नेकपा एकीकृत समाजवादीले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
उनले भने, ‘हाम्रो पार्टीले संसदमा पेश भएको एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
एमसीसीकै कारण गठबन्धनको सम्बन्धमा भने भविष्यमा जे हुन्छ त्यहीँ निर्णय गरिने उनले बताए ।
‘सरकारमा बस्ने र बाहिरिने कुरा समयले निर्धारण गर्छ , उनले भने ।’