अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,फाल्गुन १४ गते।
दाङबाट रेडपाण्डाको छालासहित तीन जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा नं. ७ का ३२ वर्षीय रामबहादुर थापा, लुङ्ग्री गाउँपालिका वडा नं. ३ का २० वर्षीय रूपक खड्का र सुनछहरी गाउँपालिका वडा नं. ७ का १९ वर्षीय रामकुमार पुन मगर रहेका छन्।
शक्रबार बेलुकी पक्राउ परेका उनीहरुले रेडपाण्डाको छाला हिमाली क्षेत्रबाट ल्याई अन्यत्र बिक्रीका लागि लैजाँदै गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।
उनीहरुलाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालयमा बुझाउने तयारी भएको प्रहरीले जनाएको छ ।