अमेरिका द्धारा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र विदेशमन्त्री सर्गेई लाभ्रोफविरूद्ध प्रतिबन्ध

अनलाईन न्युजपाटी,ऐजेंसी,समाचारदाता, फाल्गुन १४ गते। 

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र विदेशमन्त्री सर्गेई लाभ्रोफविरूद्ध अमेरिकी अर्थ मन्त्रालयले औपचारिक रूपमा प्रतिबन्ध लगाएको छ।

युक्रेनमा आक्रमण गरेपछि अमेरिका, बेलायत, ईयू र क्यानडाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि प्रतिबन्ध लगाएको घोषणा गरेका छन् ।

उसले लाभ्रोफलाई पुटिनका ‘प्रमुख प्रचारक’ भनेको छ।

युक्रेनमा आज तेस्रो दिन पनि रुसले आक्रमण गरिरहेको छ । युक्रेनको राजधानी किएभमा विस्फोटका घटना भइरहेका छन् ।

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरसले शान्तिका लागि थप प्रयास गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले युक्रेनमाथि आक्रमण गरेका रुसी फौजलाई ब्यारेकमा फर्किन आग्रह समेत गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *