आज थपिए ७३ जना कोरोना संक्रमित, कुल संख्या ११ लाख १७ हजार ८१४ पुग्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,फाल्गुन २८ गते।

आज पछिल्लो २४ घण्टामा ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १७ हजार ८१४ पुगेको छ ।

नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ९ लाख ६० हजार ८७८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कुनै पनि संक्रमितको मृत्यु भएको छैन । हाल नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९५० पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *