अनलाईन न्युजपाटी,सिरहा,समाचारदाता,फाल्गुन ३० गते।
सिरहामा कार दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।
दुर्घटनामा अन्य तीन जना घाइते रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
मृत्यु हुनेमा धनुषा कमला नगरपालिका-१ का २२ वर्षीय धीरज मण्डल छन्। उनको घटनास्थलमै मृत्यु भएको सिरहा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले बताए।
चोहर्वाबाट सिरहा आउँदै गरेको बिआर०७ एएम ३०६३ नम्बरको कार राति करिब १०:५० बजे नरहा गाउँपालिका-३ खोरियाटोलमा दुर्घटनामा परेको थियो। कार आफैं अनियन्त्रित भएर पल्टिएको बुढाथोकीले बताए।
चालक फरार रहेको बुझिएको छ। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।