अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,फाल्गुन ३० गते।
आज पछिल्लो २४ घण्टामा थप ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ११ हजार ९५० जनाले ज्यान गुमाएका छन्।
सोमबार १४८ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर ४ हजार ८१९ जना सक्रिय संक्रमित रहेका छन्।