हरेक वर्ष संयुक्त राष्ट्रसंघले हल्ट प्राइट फाउण्डेशनलाई एउटा चुनौती प्रदान गर्दै

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,चैत्र १५ गते।

हरेक वर्ष संयुक्त राष्ट्रसंघले हल्ट प्राइट फाउण्डेशनलाई एउटा चुनौती प्रदान गर्दै आइरहेको छ । यस वर्ष हल्ट प्राइजलाई करिब दुई हजार व्यक्तिलाई कम्पनी सिर्जना गरी रोजगारी दिने चुनौती रहेको छ ।

सन्२०२४ सम्ममा यसको सकारात्मक प्रभाव हुनुपर्ने अपेक्षा गरिएको छ । हल्ट प्राइजलाई लिएर ब्रिटिश कलेजले यस वर्षको सुरुदेखि नै चुनौती पूरा गर्न र ग्रान्ड फिनालेका लागि सहभागीहरूलाई आकार दिने कार्यक्रमहरूको दायरा उपलब्ध गराउन सक्रिय रूपमा काम गरिरहेको छ ।

एनआइसी एसिया बैँकले ११ मार्चमा यो इभेन्टको प्रायोजक गर्ने निर्णय गरेको थियो । ब्राण्ड हेड सरोज भट्टराई र क्याम्पस निर्देशक ग्रिशम तिवारीबीच समझदारी पत्रमा हस्ताक्षर भएको थियो । एनआईसी एशिया बैंकको सहयोगलाई द ब्रिटिस कलेजस्थित रहेको हल्ट कमिटीले प्रशंसा गरेको छ ।‘अन–क्याम्पस हल्ट पुरस्कार’ कार्यक्रम मार्च १३ बाट सुरु भएको थियो ।

कार्यक्रम अघि सबै ७ टोलीहरू दर्ता गरी दर्ता सत्रको समापन गरिएको थियो। त्यस पछि, होस्ट निशान श्रेष्ठ र सुदीपा बज्राचार्यले निर्णायकहरू र सहभागीहरूलाई हल्ट प्राइज र २०२२ को विषयवस्तुका बारेमा संक्षिप्त जानकारी दिएका थिए ।

मिडिया र प्रायोजकहरूलाई धन्यवाद दिँदै उनीहरुले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रममा सुम्निमा राजवंशी र उनको समुहले सुन्दर नृत्य प्रस्तुत गरेका थिए । त्यसपछि निर्णायकहरुको सामु प्रत्येक टोलीले व्यापार सम्बन्धी आफ्नो धारणाहरु प्रस्तुत गरेका थिए । लगत्तै प्रतियोगी र निर्णायकहरू बीच प्रश्नोत्तर सत्र कार्यक्रम भएको थियो। प्रस्तुत गरिएका विचारहरुमध्ये लक्की ड्र मार्फत २८६ नम्बरलाई विजेता घोषित गरिएको थियो ।

विजेतालाई भौचर प्रदान गरिएको थियो । जादुगर प्रथम ओलीले विभिन्न जादुई प्रस्तुतिहरु प्रस्तुत गरेका थिए जसले दर्शकहरुलाई उत्साहित बनाएको थियो । लक्की ड्र सेसन पछि, अपसाइकल सेवाहरूको प्रतिनिधित्व गर्ने स्टार्ट अप नाम ‘सरोग’ सहितको टोली “रिभोलुसन“ लाई हल्ट प्राइज २०२२ को अन–क्याम्पस विजेता घोषित गरिएको थियो। विजेता टोलीलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।

कोभिड–१९ पछिको विश्वलाई फिर्ता ल्याउन उद्यमशीलता योजनाहरूमा छलफल केन्द्रित रहेको थियो। नतिजा घोषणा पछि,‘द थर्स्टी सोल्स’ ब्यान्डले आफ्नो प्रस्तुत दिएको थियो ।

कार्यक्रममा एनआइसी एशियाका कर्पोरेट शाखा प्रवबन्धक, फ्रक्स जव र फुडमाण्डुका सिइओले आफ्नो भनाई राखेका थिए । क्याम्पस निर्देशक ग्रिशम तिवारीको समापन टिप्पणीको साथ, हल्ट पुरस्कार २०२२ को गौरवशाली अन–क्याम्पस यात्राको औपचारिक अन्त्य भएको जानकारी दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *