अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,चैत्र २१ गते।
सिन्धुपाल्चोकमा ग्याँस सिलिन्डर पड्केर आगलागी हुँदा जलेर तीन बालबालिकाको मृत्यु भएको छ ।
बाह्रबिसे नगरपालिका–८ मानेश्वाराको स्थानीय लामा टोलमा ग्यास विस्फोट भएर आगलागी हुँदा जलेर तीन बालबालिकाको मृत्यु भएको हो ।
ग्याँस पड्केपछि घरमा आगलागी हुँदा उनकी छोरा १० वर्षका इशाक तामाङ, भाइ कुमार तामाङको ६ वर्षको छोरा सरगम तामाङ र छिमेकी पदम तामाङकी साढे २ वर्षकी छोरी दिव्या तामाङको जलेर मृत्यु भएको वडाध्यक्ष सुरज लामाले जानकारी दिए ।
आगोमा जलेर उनीहरूको घर भित्रै मृत्यु भएको तामाङले बताए । मीनबहादुर पनि घाइते भएको र उनलाई उपचारको लागि अस्पताल लगिएको छ ।