मेलम्ची खोलाको पानी सुरुङ्ग मार्फत उपत्यका आउदै

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,चैत्र २९ गते।

काठमाडौँ उपत्यकामा मङ्गलबारदेखि मेलम्चीको खानेपानी पुनः पानी पठाइने भएको छ । मङ्गलबार बिहान सिन्धुपाल्चोकस्थित मेलम्ची आयोजनाको मुख्य द्वार ३८ नम्बरको ढोका खोली सुरुङमा पानी पठाएर आयोजना पुनः सञ्चालन गरिने आयोजनाले जनाएको छ ।

मेलम्चीखोलामा आएको बाढीले आयोजनामा क्षति पु-याएपछि आयोजनाबाट पानी सञ्चालन पूर्ण रूपमा बन्द भएको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले गत माघ ७ गते देशवासीका नाममा सम्बोधन गर्नुहुँदै बाढीले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना चैत मसान्तभित्र सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

नेपाल सरकारद्धारा सार्वजनिक नीति तथा कार्यक्रममा समेत मेलम्ची खानेपानी आयोजना चैत मसान्तभित्र काठमाडौँ उपत्यकामा ल्याउने प्रतिबद्धता व्यक्त गरिएको थियो ।

बाढीले क्षतिग्रस्त आयोजनाको सफाइ तथा मर्मत सम्पन्न भई पानी पुनः सञ्चालन गर्न लागिएको हो । सरकारको लक्ष्यअनुरूप निर्धारित समयमा आयोजना पुनः सञ्चालन गर्न खानेपानी मन्त्रालयले कार्ययोजनासहित काम अघि बढाएको थियो ।

मेलम्ची खानेपानी आयोजना पुनः सञ्चालनमा आएपछि २७ किलोमिटर सुरुङमार्गमार्फत दैनिक १७ करोड लिटर पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा पठाइनेछ ।

खानेपानीमन्त्री उमाकान्त चौधरीले सरकारले तोकेको समयसीमाभित्र पानी काठमाडौँ ल्याउने लक्ष्य पूरा गर्न सहयोग गर्ने मन्त्रालयका पदाधिकारी, प्राविधिक तथा सरोकारवालाप्रति आभार व्यक्त गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *