अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,चैत्र २९ गते।
धनुषाबाट अटोमेटिक पेस्तोल सहित २ जना मानिस पक्राउ परेको छ। गोप्य सुचना प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरी अधिकृत सहितको सदापोशाकको टोलीले प्रादेशिक अस्पताल अगाडीबाट स्थानिय प्रहरीको सहयोगमा दुवै जनालाई पक्राउ गरिएको छ।
ज. ७ प. ७९३२ नम्बरको पल्सर मोटरसाईकलमा सवार दुवै जनालाई खानतलाशी गर्दा ईन्द्रेश कुमार सिंहको बाँया साईडको कम्मरमा पेन्टको वेल्ट भित्र लुकाई छिपाई राखेको अटोमेटिक पेस्तोल थान-१ सहित पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा जिल्ला महोतरी जलेश्वर न.पा. वडा नं. ९ घर भई हाल जिल्ला धनुषा ज.उ.म.न.पा.-४ वस्ने वर्ष ३० को ईन्द्रेश कुमार सिंह र सोही मोटरसाईकलको पछाडी सवार रहेका व्यक्ति जिल्ला महोतरी मनरासिसवा न.पा. वडा नं. १ घर भई हाल जिल्ला धनुषा ज.उ.म.न.पा.-८ वस्ने वर्ष १९ को लोटस भन्ने अभिषेक कुमार सिंहलाई नियन्त्रणमा लिई निजहरूलाई उक्त पेस्तोल तथा निजहरू सवार मोटरसाईकल समेत बरामद गरी निज दुवै जनालाई नियन्त्रणमा लिई हातहतियार खरखजना मुद्दा शिर्षकमा १० दिनको म्याद लिई थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।