अनलाईन न्युजपाटी,एजेन्सी,समाचारदाता,चैत्र २८ गते।
पाकिस्तानको २३औं प्रधानमन्त्रीको रुपमा पाकिस्तान मुस्लिम लिग एनका अध्यक्ष सहबाज सरिफ चयन भएका छन् ।
इमरान खानविरुद्धको अविश्वास प्रस्ताव संसदबाट पारित भएपछि संसदले सरिफलाई नयाँ प्रधानमन्त्री चयन गरेको हो ।
सरिफलाई प्रधानमन्त्री बनाउने प्रस्तावमा संसद्का ३४२ सदस्य मध्ये १७४ सांसदले सरिफलाई प्रधानमन्त्री बनाउने प्रस्तावमा मतदान गरेका छन् ।
प्रधानमनत्री पदका लागि अर्का उमेद्वार पाकिस्तान तहरिक ए इन्साफका उपाध्यक्ष शाह महमुद कुरैसीले पनि मनोनयन दर्ता गरेका थिए । तर तहरिक ए इन्साफका सांसदले संसद नै बहिस्कार गरे ।
प्रधानमनत्री चयन भएका सहबाज पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफका भाइ हुन् । सहबाजले पाकिस्तान पिपुल्स पार्टी, जमैत उलेमा ए इस्लाम एफलगायतलाई समेटेर नयाँ सरकार बनाउने छन् ।
सहबाजले यसअघि पञ्जाव प्रान्तको ३ पटक जितेर मुख्यमन्त्री भएर १३ बर्ष काम गरिसकेका छन् । पाकिस्तानका व्यवसायीसमेत रहेका उनको स्टिल कम्पनी छ ।
सन् १९४७ मा अंग्रेजहरूले भारत छोडेपछि भएको विभाजनले पाकिस्तानको जन्मिएको थियो। पाकिस्तानको ७५ वर्षको इतिहासमा अहिलेसम्म कुनै प्रधानमन्त्रीले पनि पाँच वर्षे पूर्ण कार्याकाल पूरा गर्न पाएनन्।