अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,चैत्र २८ गते।
आज राष्ट्रिय प्रजातन्त्र पार्टीको ७७ औँ जिल्ला स्तरीय घर दैलो कार्यक्रम सुरु गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले वैशाख ३० गते स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै घर दैलो, आमसभा लगाएका कार्यक्रम गर्ने र कार्यक्रममा शिर्ष नेताहरुलाई नै सहभागी गराउने निर्णय अनुसार आज चैत्र २८ गते देखी धनुषामा घर दैलो कार्यक्रम सुरु भएको छ।
पार्टी कार्यालयबाट सुरु भएको कार्यक्रम जनकपुरधाम वडा नं ४ को घर-घरमा पुगी राजसंस्था, हिन्दुराष्ट्रको पुनःस्थापना, संघीयताको खारेजी र स्थानीय तह मा बिकाश अवधारणाका साथ मुरली चौकमा कोण सभामा परिणत भएको थियो ।
कार्यक्रम जिल्ला अध्यक्ष राम चन्द्र यादवको अध्यक्षतामा गरिएको थियो भने कार्यक्रममा नगर उपाध्यक्ष जितेन्द्र प्रसाद साह, मधेश प्रदेश युवा अध्यक्ष रणविजय सिंह चौहान ,सुरज राउत, किसा गिरि तथा पार्टीका सयौ सदस्यहरुको उपस्थिति थियो।
कोण सभामा जनकपुरधाम वडा नं ४ को वडा अध्यक्ष उमेद्वार बिक्रम मुकियाले आफ्नो मन्तव्य राखेका थिए। राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य राम नारायण साहले मतदातालाई “राप्रपा उम्मेदवारलाई बढी भन्दा बढी मत दिएर विजय बनाउन बिशेष आग्रह “गरि कोण सभाको समापन गरेका थिए। कार्यक्रम उद्घोषण राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर सचिब नबिन झाले गरेका थिए