अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,चैत्र ३० गते।
पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ७८८ पुगेको छ ।
हाल नेपालमा ५ सय २० जना सक्रिय संक्रमितहरुका रहेका छन् । २४ घण्टामा कोरोनाले मृत्यु हुनेको सङ्ख्या भने शून्यमा झरेको छ । मन्त्रालयका अनुसार २४ घण्टामा ४९ जना निको भएर घर फर्किएका छन् ।