अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,वैशाख ७ गते।
आज पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ५२८ जनाको पीसीआर परीक्षणमा ९ जना र १ हजार ३४९ जनाको एन्टीजेन परीक्षणमा ४ जना गरी १३ जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोनाका कारण बुधबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप २५ संक्रमित कोरोनामुक्त भएका छन् ।
हाल नेपालमा ३ सय १८ सक्रिय संक्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।