अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,वैशाख १० गते।
सप्तरीमा दुई वटा मोटरसाईकल एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र.१-०२४१ प.२२९६ नम्बरको र सोही दिशाबाट जाँदै गरेको प्र.१-०२०४१ प.९५२४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किंदा दुर्घटना भएको हो ।
उनीहरुलाई उपचारको लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज लग्दा चिकित्सकले मृत घोषणा गरेको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।
शव पोस्टमार्टमको लागि सोही अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।