काभ्रेमा तीर्थ यात्रु सवार बस र जीप एकआपसमा ठोक्किंदा ५ जनाको मृत्यु

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,वैशाख २१ गते।

काभ्रेमा तीर्थ यात्रु सवार बस र जीप एकआपसमा ठोक्किंदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य १८ जना घाइते भएका छन् ।

काठमाडौंबाट भारत तर्फ जाँदै गरेको तीर्थ यात्रु सवार यूपी ५८३८१८१ नम्बरको बस र सिन्धुलीबाट काठमाडौं तर्फ आइरहेको ना १ ज ४२१० नम्बरको जीप एक आपसमा ठोक्किंदा एक जना बालकसहित ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा रामेछापकी ३५ वर्षीया सम्झना भुसाल र उनको ७ वर्षीय छोरा संगित भुसाल, सिन्धुलीको कमलामाई-७ का ३१ वर्षीय बिक्रम श्रेष्ठ, कमलामाई-४ का ४५ वर्षीय हरिबहादुर बल र सुनकोशी-१ की ४४ वर्षीया प्रमिला नेपाली रहेका छन् ।

घाइतेहरुको हाल धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *