आज थपिए १३ जना कोरोना संक्रमित, कुल संख्या ११ लाख १९ हजार १६४पुग्यो

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,वैशाख २७ गते।

आज पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट १३ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ३ हजार ६३४ जनाको नमुना परीक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको हो ।

नेपालमा कोरोना संक्रमण मुक्त हुनेहरुको संख्या ९ लाख ६६ हजार ८२३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा पनि कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *