अनलाईन न्युजपाटी सिरहा,समाचारदाता,जेठ ८ गते।
सिरहामा घरमै सुतिरहेको अवस्थामा धारिलो हतियार प्रहार गरी बाबु छोराको हत्या गरिएको छ।
सिरहाको अर्नमा गाउँपालिका-१ महनौरका करिब ६० वर्षीय चुलाही भन्ने चन्देश्वर पाल र उनको १९ वर्षीय छोरा सन्तकुमार पालको शनिबार राति हत्या भएको प्रहरीले बताए ।
सन्तकुमारको यहि ११ जेठमा विवाह हुने भएकाले गाउँले महिलाहरू विवाह गीत गाएर १२ बजे सुतेका बाबुछोराको करिब २ बजे राति हत्या भएको स्थानीय अरुण सिंहले जानकारी दिए ।
घटनास्थललाई प्रहरीले सिल गरेको छ भने थप अनुसन्धान गर्न कुकुर समेत प्रयोग भइरहेको डिएसपी बुढाथोकीले बताए ।