नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोले अवरुद्ध

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,जेठ १४ गते।

आज साँझ ५:३० बजेको समयमा सुक्खा पहिरो खसेर नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोमा परी एक जना घाइते भएका छन् ।

बोलेरोमा सवार एक व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि भरतपुरतर्फ ल्याइएको छ । पहिरो पन्छाउने काम सुरु भएको र केही समयपछि सडक नियमित गर्ने प्रहरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *