काठमाडौंमा निजगढ अन्तराष्ट्रिय विमानस्थलबारे सर्वोच्च अदालतले दिएको आदेशको पक्षमा प्रर्दशन

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,जेठ २१ गते।

काठमाडौंमा निजगढ अन्तराष्ट्रिय विमानस्थलको काम अघि नबढाउन सर्वोच्च अदालतले दिएको आदेशको पक्षमा प्रर्दशन भएको छ ।

प्रभावित क्षेत्र टांगियाबासीले शनिबार काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म र्यालीसहितको प्रदर्शन गर्दै सर्वोच्च अदालतले दिएको सो फैसलाको पक्षमा ऐक्यबद्धता जनाएका हुन ।

विना विकल्प सो विमानस्थलको धावनमार्ग टांगियाबस्तीमा बनाउने सरकारको निर्णयको विपक्षमा सर्वोच्च अदालतको आदेश आएकाले त्यसको कार्यान्वयनको माग गर्दै आफूहरुले ऐक्यवद्धतास्वरुप काठमाडौंमा शान्तिपूर्ण र्‍यालीसहितको प्रदर्शन सुरु गरिएको स्थानीय नवराज सञ्जेलले बताए । उनले तत्काल सो विमानस्थलका प्रभावित क्षेत्रका नागरिकलाई लालपूर्जा सहितको जमिनको व्यवस्था गर्न पनि सरकारसँग माग गरे ।

स्थानीयहरुलाई विस्थापित गराउने षडयन्त्र राज्यबाट भइरहेको भन्दै स्थानीयले आपत्ति जनाउँदै आएका छन् ।

प्रभावित क्षेत्रका बासिन्दालाई सो बस्तीको विकल्पमा लालपूर्जासहितको जमिन तत्काल उपलब्ध गराउनुपर्ने उनीहरुको मुख्य माग छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *