दाङबाट खैरो हेरोइनसहित २ जना पक्राउ

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,जेठ २१ गते।

दाङबाट खैरो हेरोइनसहित २ जना पक्राउ परेका छन् ।

प्रहरीले उनीहरूलाई गए राति  घोराहीमा रहेको सुप्रिम होटेल एण्ड फास्ट फुड नास्ता पसलमा कारोबार गर्दै गर्दा पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा रुकुमको पुथा–उत्तरगंगा गाउँपालिका–७ का २० वर्षीय विशाल बुढामगर र घोराही उपमहानगरपालिका–१६ का ३० वर्षीय रमेश पुनमगर  रहेका छन्।

पक्राउ परेका दुवै जनाको साथबाट प्रहरीले ६ वटा प्लास्टिकको टुक्रामा राखेको  २ ग्राम ३० मिलिग्राम खैरो हेरोइन बरामद गरेको  जनाएको छ ।

घटनाबारे थप अनुसन्धान सुरु गरेको प्रहरीले  जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *