अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,जेठ २१ गते।
अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मधेस सरकारले स्वीकृत गरेको छ ।
आज मुख्यमन्त्री निवास मधेस भवनमा बसेको मन्त्री परिषद्को बैठकले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत गरेको हो ।
मन्त्री परिषद्बाट स्वीकृत नीति तथा कार्यक्रम प्रदेश प्रमुखले जेठ २२ गते प्रदेश सभामा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।