आइतबारको साप्ताहिक विदा असार १ देखि नदिने

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,जेठ २३ गते।

आइतबारको साप्ताहिक विदा सरकारले असार १ देखि नदिने भएको छ ।

अब असार १ देखि शनिबार मात्र सार्वजनिक विदा हुने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले असार १ देखि आइतबार साप्ताहिक विदा नदिने निर्णय गरेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए ।

मन्त्रिरिषद बैठकले पेट्रोलियम पदार्थको खपत कम गर्न भन्दै परीक्षणका रुपमा जेठ १ देखि  शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिँदै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *