धनुषाबाट कक्षा १२ को अर्थशास्त्र विषयको परीक्षामा एकजना नक्कली परीक्षार्थी पक्राउ

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,जेठ २४ गते।

धनुषाबाट कक्षा १२ को अर्थशास्त्र विषयको परीक्षामा एकजना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका-३ बस्ने १९ वर्षीय कुलदीप महतो छन् ।

कुलदीपले परीक्षा दिइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *