अनलाईन न्युजपाटी सप्तरी,समाचारदाता,जेठ २४ गते।
लागूऔषधसहित तीन जना सप्तरीबाट पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सप्तरीको छिन्नमस्ता गाउँपालिका २ बस्ने १९ वर्षीय दिपेश कुमार यादव, भारतको बिहार राज्य अन्तर्गत मधुवनी जिल्लाको उत्तरी ग्राम पञ्चायत ५ बस्ने २६ बर्षीय प्रकाश यादव, बिहारकै लौकही ग्राम पञ्चायत २ बीने तुलसी कुमार दास छन् ।
उनीहरुको साथबाट नाइट्राभेट ट्याब्लेट ५ सय १० थान, डाइजेल्याब इन्जेक्शन एक सय एम्पुल, फेनारगन इन्जेक्शन १ सय एम्पुल, बुप्रेफाइन इन्जेक्शन सय एम्पुल बरामद भएको प्रहरीले जनाएको छ ।