नेपालमा रहेका भारतीय नागरिकले अब आफ्नो विवरण दर्ता गराउनु पर्ने

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,जेठ २५ गते।

अब नेपालमा रहेका भारतीय नागरिकले काठमाडौँस्थित भारतीय दूतावास कार्यालयमा आफ्नो विवरण दर्ता गराउनु पर्ने भएको छ ।

काठमाडौँको लैनचौरस्थित भारतीय दूतावासले एक सूचना जारी गरी कुनै पनि कूटनीतिक सुविधा पाउनका लागि भारतीय नागरिकले विवरण दर्ता गराउनु अनिवार्य छ । यसका लागि दूतावासको वेबसाइटमा गएर अनलाइन अपोइन्टमेन्ट बुक गर्न सकिने सूचनामा उल्लेख छ ।

दर्ताका लागि भारतीय नागरिक भएको प्रमाण (पासपोर्ट वा भोटर आइडी कार्ड), जागिर-विद्यार्थी आदिका लागि सम्बन्धित संस्थाको पत्र, नेपालमा बस्दै आएको ठेगानाको प्रमाण र दुई थान पासपोर्ट साइजको फोटो अनिवार्य हुने दूतावासले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *