अबैध रुपमा भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको ११३ गोटा कछुवा सहित पर्साबाट एकजना पक्राउ

अनलाईन न्युजपाटी बिरगंज,समाचारदाता,जेठ ३१ गते।

अबैध रुपमा भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको ११३ गोटा कछुवा सहित पर्साबाट एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका–७ का ४५ वर्षीय आनन्दलाल टेमानी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

वीरगञ्ज महानगरपालिका १६ ईनर्वागाउँको बाटो हुँदै अवैधरूपमा वन्यपशुपन्क्षी कछुवा ११३ गोटा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको सूचनाको आधारमा भारतीय नम्बर प्लेटको मोटरसाईकल रोकी चेकजाँच गर्दा मेमानीलाई पक्राउ गरिएको हो ।

नेमानीलाई भारतीय नम्बरको मोटरसाइकल र कछुवा सहित नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय वीरगञ्ज पर्सामा बुझाइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *