पेट्रोलियम पदार्थको मूल्य बढेसँगै सार्वजनिक यातायातको भाडा पनि बढ्यो

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,असार ६ गते।

पेट्रोलियम पदार्थको मूल्य बढेसँगै सार्वजनिक यातायातको भाडा पनि बढेको छ ।

यातायात व्यवस्था विभागले अन्तरप्रदेश यात्रुबाहक तथा मालबाहक गाडीमा अधिकतम ७.७ प्रतिशतसम्म भाडा बढाएको हो ।

यात्रुवाहक सार्वजनिक सवारी साधनमा ५.३० प्रतिशतले भाडा बढेको छ । त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा ६.९४ तथा तराईको बाटोमा चल्ने मालबाहक सवारीमा ७.७ प्रतिशतले भाडा वृद्धि गरिएको छ । स्थानीय रुटमा सञ्चालन हुने यातायातको भाडा भने यथावत रहने विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *