सिरहाबाट लागूऔषध सहित तीनजना पक्राउ

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,असार ६ गते।

सिरहाबाट लागूऔषध सहित तीनजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारतको बिहार राज्य मधुवनी जिल्ला पंचायत राजनगर थाना फेरण श्रीपट्टी ७ घर भई लहान ५ बस्दै आएका २१ वर्षीय मोहमद अखतर, ग्राम पंचायत खरियोग थाना पिप्राही १ बस्ने २७ वर्षीय धर्मेन्द्र कुमार ठाकुर र लहान ७ बस्ने दयाराम ठाकुरको छोरा १८ वर्षीय गौतम ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रहरीले फेनरागन ६४५ एम्पुल, डाईजिल्याव ६४५ एम्पुल, व्युप्रिनोर्फिन ६४५ एम्पुल, नाईट्राभेट ४८० ट्याब्लेट, डाईलेक्स डि.सी. ४३९ बोतल र स्पामोप्रोक्सिभिन ४३२ ट्याब्लेट बरामद गरेको छ । यस्तै प्रहरीले ज १ प ४७५८ नम्बरको मोटरसाईकल, नगद ४३ हजार ५ सय रुपैयाँ र ३ वटा मोबाइल बरामद गरेको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *