रामायण सर्किट जोड्ने पहिलो ‘भारत गौरव पर्यटक रेल’ आज जनकपुरधाम आइपुग्यो

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,असार ९ गते।

भारतको दिल्लीबाट रामायण सर्किट जोड्ने पहिलो ‘भारत गौरव पर्यटक रेल’ जनकपुरधाम आइपुगेको छ ।

मंगलबार साँझ ७ बजे भारतको नयाँ दिल्लीबाट छुटेको सो रेल रामायण सर्किट हुँदै आज दिउँसो पौने २ बजे जनकपुरधामा आइपुगेको हो ।

धार्मिक सांस्कृतिक प्रवद्र्धनका लागि झण्डै ५ सय यात्रुसहित सो रेल जनकपुरमा पहिलो पटक आएको हो ।

जनकपुरधाम आएका तीर्थालुलाई जनकपुर रेल्वे स्टेशनमा मुख्यमन्त्री लालबाबु राउत, उद्योग पर्यटन तथा वनमन्त्री सत्रुधन महतो, जानकी मन्दिरका सह महन्त रामरोशन दास वैष्णव लगायतले  भव्य स्वागत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *