अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,असार १४ गते।
आज पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ८५२ जनाको पीसीआर परीक्षणमा ३८ जना र ९४६ जनाको एन्टिजेन परीक्षणमा ६ जना गरी ४४ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा नेपालमा थप १७ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ६७ हजार ४२६ पुगेको छ ।