विराटनगरमा आजदेखि शुक्रबारसम्म विद्यालय बन्द

अनलाईन न्युजपाटी बिराटनगर,समाचारदाता,असार १५ गते।

विराटनगरमा आजदेखि शुक्रबारसम्म विद्यालय बन्द गर्न विराटनगर महानगरपालिकाले आग्रह गरेको छ ।

भारी वर्षाले महानगरभित्रका विद्यालय डुबानमा परेको र अझ केहीदिन अविरल वर्षाको सम्भावना रहेको भन्दै महानगरले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

वर्षाका कारण विद्यालय सञ्चालनमा समस्या उत्पन्न हुने र विद्यालयहरू अस्थायी सेल्टरका रूपमा प्रयोग गरिने भएकाले वर्षे र हिउँदेबाट कट्टा हुने गरी विद्यालय बन्द गर्न महानगरले आग्रह गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *