अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,साउन ३ गते।
आज पछिल्लो २४ घण्टामा थप ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २३ हजार १५० पुगेको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा थप ६२ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ६८ हजार १२६ पुगेको छ ।