आज थपिए ५६४ जना कोरोना संक्रमित, कुल संख्या ११ लाख २६ हजार ८८४ पुग्यो

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,साउन ११ गते।

आज पछिल्लो २४ घण्टामा थप ५६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २६ हजार ८८४ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप एकको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९६० पुगेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय २ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ६९ हजार ००४ पुगेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *